kumari
stcnepal

नेपाल एयरलाइन्सका पिडितहरुले प्राधिकरण धेरे

काठमाडौं ।नेपाल एयरलाइन्सको जहाज बाट गए राति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाटै फर्काइएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण घेर्न पुगेका छन ।

गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका हुन ।

झापाका एक जना यात्रु किरण सिवाकोटी भने, ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफू सहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको सिवाकोटी बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा लगेर राखेको छ ।

उनका अनुसार गए राति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटलमा लगेको सिवाकोटीले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै उनले विरोध जनाए ।

लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटल बाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् ।एक महिना अघि टिकट काटेका करिब ६० जना यात्रुहरु अलपत्र परेका छन् । उनीहरुलाई प्राधिकरणले वार्तामा बोलाएको समेत उनले बताए ।

footer