kumari
stcnepal

काभ्रेका दुबै क्षेत्रमा अग्रता बढाउदै एमालेका बास्कोटा र लामा

काठमाडौं ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गठबन्धनका उम्मेदवार शिव हुमागाईलाई पछि पार्दै अग्रता बढाएका छन् । सुरू देखि नै गणनामा पछि परेका बास्कोटाले अहिले १५ सय भन्दा माथिको अग्रता लिएका छन् ।

काभ्रे २ को अहिलेसम्मको गणना अनुसार गोकुल बास्कोटा २७ हजार १८२ मत सहित अग्रस्थानमा छन् भने गठबन्धनका उम्मेदवा नेपाली कांग्रेसका हुमागाई २५ हजार ६४९ मत सहित पछ्याइरहेका छन् ।

यहाँ स्वतन्त्र पार्टीका उम्मेदवारले ६ हजार ५०३ मत पाएका छन् । उता क्षेत्र नम्बर १ मा पनि नेकपा एमालेका रेशम लामाले २७ सय मतको अग्रता लिएका छन् । पछिल्लो गणना अनुसार रेशमले १२ हजार २३८ मत पाएका छन् भने गठबन्धन बाट माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङले ९ हजार ४५७ मत पाएका छन् ।

footer