kumari
stcnepal

आज थपिए ६ जना कोरोनाका संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

शुक्रबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ४२१ पीसीआर तथा ४७७ एन्टिजेन परीक्षण भएको छ।

footer