kumari
stcnepal

सर्वोच्चको कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न आदेश

सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो ।

सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन पनि खराब नदेखिएको भन्दै उनलाई संविधान अनुसार वृद्धको सुविधा दिनुपर्ने उल्लेख छ । आदेशमा अन्य मुद्दाबाट उनलाई थुनामा राख्नु नपर्ने भए तत्काल कारागार बाट रिहा गर्न र १५ दिन भित्र निजको देशमा डिपोर्ट गर्न पनि भनिएको छ ।

दुई विदेशी पर्यटकको हत्याको अभियोगमा शोभराजलाई २०६० असोज १ गते देखि थुनामा राखिएको थियो । भक्तपुर जिल्ला अदालतले उनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । तोकिएको कैद सजाय अनुसार उनी २०८० असोज १ गते सम्म जेलमा रहनुपर्ने थियो ।

footer