kumari
stcnepal

दश जुवाडे प्रहरीद्वारा पक्राउ, ३ लाख ७० हजार नगद समेत बरामद

काठमाडौं ।काठमाडौं महानगरपालिकाको टोखा नगरपालिका-९ बाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५२ वर्षीय पुष्प बहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंज बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७० हजार रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

footer