kumari
stcnepal

९९ दिन पछि जेल बाट छुटे सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने छुटेका छन् । किशोरी बलात्कार आरोपमा असोज २० गते पक्राउ परेका उनी ९९ दिनपछि भर्खरै थुनाबाट छुटेका हुन् ।

काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश बदर गर्दै बिहीबार उच्च अदालतले सन्दीपलाई सर्तसहित धरौटीमा छाड्न आदेश दिएको थियो । सोही आदेश अनुसार सन्दीप २० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

उनी रिहा हुने बेला कारागार परिसर पुगेका सयौं समर्थकले सन्दीप भाइ हाइहाइको नारा लगाएका छन् ।जेल बाट ९९ दिनपछि खुल्ला आकाशमा निस्किँदै गर्दा सन्दीपमा कान्ति छाएको देखिन्थ्यो ।

footer