kumari
stcnepal

पेट्रोलमा बढाएर र डिजेलमा मूल्य घटाएर भारतीय आयल निगमले पठायो मूल्य सूची

काठमाडौं ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलमा २ रुपैयाँ बढाएर र डिजेलमा ३ रुपैयाँ घटाएर नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५ दिनपछि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएर आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशन अनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ । भारतले मूल्य घटाएर पठाउँदा पनि नेपालमा नअघाई कालोबजारी गरेर उपभोक्ता ठगी गरेको भन्दै निगमका कार्यकारी निर्देशक उमेश थानीसहित सञ्चालक समिति बिरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोमा उजुरी परेको छ ।

footer