kumari
stcnepal

रोकियो दुबई प्रोपर्टी मेला , अनुमति बिना सञ्चालन गर्ने प्रयास

काठमाडौं । प्रहरीले दुबई प्रोपर्टी शो रोकेको छ । काठमाडौंको सोल्टी होटलमा जारी मेला प्रहरील रोकेको हो ।

शनिबार देखि काठमाडौं स्थित सोल्टी होटलमा सुरु भएको मेला रोकिएको हो। बिना अनुमति मेला सञ्चालन गरिएको र नेपाल राष्ट्र बैंकले समेत यस्तो मेला आयोजना गर्न नहुने बताएकोमा मेला सञ्चालन भएको सूचना पाएपछि हस्तक्षेप गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि नेपाल राष्ट्र बैंकले यस्ता मेला आयोजना गर्न नहुने भन्दै सुचना पनि जारी गरेको थियो।

बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको जानकारी दिएको थियो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनकोे यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको बैंकको सूचनामा उल्लेख छ।

footer