kumari
stcnepal

बागमती प्रदेशमा आज मन्त्रिपरिषद बिस्तार हुने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । मंगलबार दिउँसो बुझाइएको प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

११ वटा मन्त्रालय रहने प्रदेश सरकारमा सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले ५ वटा मन्त्रालयमा दाबी गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ४, राप्रपाले २ मन्त्रालय र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयको दाबी गरेको छ ।

footer