kumari
stcnepal

नेपालमा अरब सागरबाट आएको जलवाष्पयुत्त वायुको प्रभाव, तराईमा हुस्सु

काठमाडौं ।आज बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ ।अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागर बाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछभने राति प्रदेश १ मा मात्रै बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुने छ भने रातिदेखि आइतबार सम्म कर्णाली सुदूरपश्चिम गण्डकी प्रदेशमा बदली हुनेछ ।

footer