kumari
stcnepal

आज राष्ट्रपतिको निर्वाचनको मिति घोषणा हुने

काठमाडौं ।निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति निर्वाचनकाे मिति तय गर्नका लागि आयोगले आज (सोमबार) बैठक बोलाएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाकारी दिए । उनले भने, ‘आज १२ बजे बैठक बोलाएका छौं, बैंठकले मिति टुग्गो लगाउँछौं।’ आजको बैंठकमा चितनव-२ को उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए । उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ । ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्छौं,’ उनले भने ।

footer