kumari
stcnepal

राष्ट्रियसभाका उपाध्यक्षमा माओवादीले उर्मिला अर्याललाई उम्मेदवार बनाउने

काठमाडौं ।सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । नेताहरुका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरेका छन् ।

सत्ता साझेदार दलमध्ये सबैभन्दा ठीलो दल् नेकपा (एमाले) र माओवादी केन्द्रबीच राष्ट्रिय सभाको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीले लिने सहमति छ । तर जसपा हाल अर्यालले पाउने संभावित उपाध्यक्ष पद लिएर सरकार सहभागी हुने संभावना बढेको जानकारहरु बताउँछन् ।

सहमति अनुसार प्रतिनिधिसभाका सभामुख एमालेले पाइसकेको छ । उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ । अब राष्ट्रपति र उपराष्ट्रपति बाँडफाँटको काम मात्र बाँकी छ । यस विषयमा भने माओवादी केन्द्र र एमाले बीच किचलो सुरु भएको छ ।

footer