kumari
stcnepal

राहदानी बनाउन अग्रीम अनलाइन सेवा आज देखी सुरू

राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले १ महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमवारदेखि दैनिक १ हजार ५०० का दरले १ महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ । हाल २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकोमा अब १ महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए ।

उनका अनुसार २–३ दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले १ महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । सोमवार प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्ममा समय पाइनेछ ।विभाग सहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि १ महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् ।

काठमाडौं नजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ ।

footer