kumari
stcnepal

तत्काल आफुलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री तयार देखिएनन : रवि लामिछाने

काठमाडौं ।प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै फर्किएका हुन् ।

सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको बताइएको सचिवालयका एक सदस्यले बताए । ‘प्रधानमन्त्रीले रविजीकाे विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो । नागरिकताको केश सुल्झिएपनि पासपोर्टको केशले गाह्रो बनाउँछ भन्ने छ ।

यस्तो अवस्थामा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, प्रधानमन्त्रीज्यू उहाँको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक हुनुहुन्न । उहाँ भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ ।’ लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली मार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ ।

footer