kumari
stcnepal

माओवादी केन्द्रले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने

काठमाडौं ।नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले भने, ‘अदालत बाट पूर्णपाठ आउन बाँकी छ । त्यसको फैसला नआएसम्म निर्णय हुँदैन । अहिले प्रधानमन्त्रीजी आफैंले राख्नुभएको छ । कसलाई बनाउने भन्ने त्यहीबेला थाहा हुन्छ ।’

रास्वपाले गृहमन्त्रालय आफ्नै भागमा हुनुपर्ने माग राख्दै आएको छ । तर, प्रचण्ड यो मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा छन् ।

footer