kumari
stcnepal

राष्ट्रपतिले गरिन हेटौडामा अस्पताल भवनको उद्धघाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन गर्नुभएको छ । उहाँले अस्पताल परिसरमा निर्मित ७० शैयाको नयाँ भवनको उद्घाटन गर्नुभएको हो ।

संघीय सरकारको ३५ करोड ३२ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको जानकारी दिइएको छ । प्रदेश सरकारले उक्त अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन गर्दै आएको छ । अस्पताल भवनको उद्घाटनपछि राष्ट्रपति भण्डारीले अस्पताल भवनको अवलोकन गर्नुभएको छ ।

footer