kumari
stcnepal

थ्रि नेसन्स कप : नेपालले लाओसलाई २ गोलले हरायो

काठमाडौं ।प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथी २-० गोलको नतिजामा जित निकाल्दै नेपालले शानदार सुरुआत गरेको छ ।

दशरथ रंगशालामा सन्पन्न खेलमा नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।खेलको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

पहिलो हाफमा पाउना टिममाथि निरन्तर दवाव बनाएको नेपालका लागि ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । नवयुगले करिब ३५ यार्ड बाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो ।

footer