kumari
stcnepal

यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन : एमाले उपाध्यक्ष पौडेल

सुर्खेत ।नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरता तिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धन बाट देशको भविष्य नरहेको उनको टिप्पणी छ ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने,-‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन।’  उनले  निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि  राजनीतिक समीकरण बदलिने स्थित आएपछि  प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । उनले भने -‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिनुभयो।’

उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।
footer