kumari
stcnepal

भारतीय प्रधानमन्त्री मोदी बिरूद्ध प्रियंका गान्धीको आरोप तानाशाहले मुख बन्द गराउन सक्छन ?

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी कायर भएको टिप्पणी गरेकी छन्। राहुल गान्धीको सांसद पद खारेज भएपछि कांग्रेसले आइतबार देशभर सुरु गरेको ‘संकल्प सत्याग्रह’लाई राजघाटमा सम्बोधन गर्दै गान्धीले यस्तो टिप्पणी गरेकी हुन्।

सम्बोधनका क्रममा उनले आफ्नो परिवारको पटक–पटक अपमान गरिएको भन्दै आक्रोश पोखिन्। उनले भनिन्, ‘आजसम्म हामी चुप रह्यौँ। तपाईं हाम्रो परिवारको अपमान गरिरहनुभयो। म सोध्न चाहन्छु, एक व्यक्तिको कति अपमान गर्छौ? ममाथि पनि मुद्दा लगाऊ, तर सत्य के हो भने यो देशको प्रधानमन्त्री कायर हो।’

अपमान गर्दैमा आफूहरु नडराउने बरु थप बलियो भएर लडाइँ लड्ने उनको भनाइ थियो। तानाशाहीहरुले प्रश्न गर्नेहरुलाई दबाउने गरेको उनले बताइन्। उनले भनिन्,’अपमानित गरेर यिनीहरु डराउँछन् भन्ने नसोचे हुन्छ। हामी थप मजबुद भएर लड्ने छौँ। जो तानाशाही हुन्छन्, उनीहरु प्रश्न उठाउनेहरुलाई दबाउने कोशिस गर्छन्।’

footer