kumari
stcnepal

गृहमन्त्रालय नपाउने भएपछि माधव नेपालको बोली फेरियो मैले भनेको छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन्। उनले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने काम भइरहेको र त्यसमा हस्ताक्षर भएपछि सरकारमा सहभागी हुने बताए।

‘सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न छलफल भइरहेको छ। टुंगो लाग्ला। हस्ताक्षर होला। त्यही कार्यक्रमका आधारमा मन्त्रिपरिषदले पूर्णता पाउने हो,’ संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने। प्रतिनिधि सभामा एकीकृत समाजवादीको १० सांसद छ।

एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको हो? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘तपाईंहरू अन्तरयामी हुनुभयो कि क्या हो? मेरो मुखबाट त कहिले पनि गृह पनि अर्थ पनि निस्केको छैन।’ उनले देशको अर्थतन्त्रका समस्याहरूलाई समाधान गर्न सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्ने पनि बताए। उनले परराष्ट्र मन्त्रालय पनि काबिल व्यक्तिलाई दिनुपर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीसँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद बिस्तार हुने उनले बताए।

footer