kumari
stcnepal

अव ट्वीटरमा समाचार पढन पैसा तिर्नु पर्ने

काठमाडौं । आगामी महिना देखि ट्वीटरमा समाचार पढ्न पैसा तिनुपर्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले अर्को महिनादेखि मिडिया प्रकाशकहरूले ट्विटरमा प्रकाशन गरेका सामग्री (समाचार तथा लेख)पाठकहरुले पैसा तिरेर मात्रै पढ्न सक्ने व्यवस्था उपलब्ध गराउने बताएका हुन् । विभिन्न सञ्चार माध्यमहरूमा मासिक एवं वार्षिक शुल्क तिरेर मात्रै आफ्ना प्रकाशनहरू पढ्न दिने पूरानो तरिका छ । तर, अस्कका अनुसार यो सुविधा सँगै अब प्रयोगकर्तालाई प्रत्येक लेखको आधारमा शुल्क लगाइनेछ ।

मस्कले ट्वीटरमा लेखेका छन्, ‘अर्को महिना सार्वजनिक हुने फिचरमा यो प्लेटफर्मले मिडिया प्रकाशकहरूलाई प्रत्येक लेखमा एक क्लिकका लागि मूल्य तोक्न सक्नेछन् ।’ उनले यो मिडिया र पब्लिक दुवैका लागि जित भएको बताएका छन् । ४४ अर्ब अमेरिकी डलरमा कम्पनी खरिद गरेयता मस्कलले ट्विटरमा निकै परिवर्तन ल्याएका छन् ।

यस्तै, मस्कले यसै महिना देखि क्रिएटरहरूलाई आफ्नो कन्टेन्ट हेर्न पैसा तिर्न पर्ने फिचर समेत उपलब्ध गराउँदै छ । प्रत्येक महिना २.९९, अमेरिकी डलर, ४.९९ र ९.९९ अमेरिकी डलरका तीन फरक शुल्क दर क्रिएटरहरूलाई उपलब्ध गराउनेछ । त्यस्ता क्रिएटरहरूको कन्टेन्ट हेर्न प्रयोगकर्ताले माथि मध्ये तोकिएको शुल्क तिर्नुपर्नेछ । १२ महिना सम्म यसरी उठेको कुनै पनि पैसा कम्पनीले नराख्ने र सबै क्रिएटरले नै पाउने मस्कले बताएका छन् ।

footer