kumari
stcnepal

सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेट प्रतोयोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आज सम्पन्न फाइनल खेलपछि लामिछानेलाई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो । प्रतियोगिताभर सन्दीपले ५ खेलमा १३ विकेट लिए भने ब्याटिङमा ४२ रन बनाए ।

कतार विरुद्धको खेलमा नेपाल कम्जोर अवस्थामा रहेका बेला सन्दीपले उत्कृष्ट इनिङ खेलेका थिए । सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिएका छन् । त्यस्तै, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोर सहित सर्वाधिक रन बनाएर उनले रेकर्ड कायम गरेका छन् ।

footer