kumari
stcnepal

सन्दीप लामिछाने बिरुध्दको मुद्धाको सुनुवाई स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाईका लागि तोकिएको पेशी स्थगित भएको छ । आज जिल्ला अदालत काठमाडौंका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलाशमा पेशी तोकिए पनि पीडित ‘गौशाला २६’ ले आन्तरिक क्षतिपुर्ति माग गर्दै निवेदन दिएपछि आजको सुनुवाई स्थगित गरिएको हो ।

अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । लामिछानेलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसपछि उच्च अदालत पाटन बाट २० लाख रुपैयाँ धरौटी तारेखमा सन्दीप रिहा भएका थिए । काठमाडौं जिल्ला अदालतमा अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

 

footer