kumari
stcnepal

पाकिस्तानको सर्बोच्च अदालतले भन्यो पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानूनी

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी बताएको छ। द डन समाचार पत्रका अनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअल सहित तीन न्यायाधीशको इजलासले बिहीबार साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै उनलाई उच्च अदालतमा हाजिर गराउन आदेश दिएको हो।

यसअघि उक्त इजलासले आज एक घन्टा भित्र खानलाई अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो। सोहीअनुसार ब्युरोले उनलाई सर्वोच्च पुर्‍याएको थियो। खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै उनका वकिलले सर्वोच्चमा रिट दिएका थिए। पूर्वप्रधानमन्त्री खानलाई गत मंगलबार इस्लामावाद स्थित उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो।

गत वर्ष प्रधानमन्त्रीबाट हटेपछि उनी विरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो। अलजजिरा टेलिभिजन सँग गरेको एक कुराकानीमा उनले आफू विरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए। उनी विरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ। खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेका छन्।

footer