kumari
stcnepal

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदैछ । उक्त मुद्धाको आज फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाई हुने भएको हो ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । सन्दीपको मुद्दा आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीको चौथो नम्बरमा परेको छ ।

सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् । यदि आज सुनवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

footer