kumari
stcnepal

भारतीय माओवादी नेता नेपालमा पक्राउ

भारतमा सर्वाधिक खोजी गरिएका माओवादी नेता दिनेश गोपलाई नेपालबाट गिरफ्तार गरिएको बुझिएको छ ।

उनको बारेमा सुराकी दिनेलाई ३० लाख भारतीय रुपैयाँ पुरस्कार राखिएको थियो । विगतमा नेपाल भित्र पनि माओवादी नेताहरुको टाउकोको मूल्य तोकिएको थियो । भारतीय सञ्चारमाध्यमहरुले गोप नेपालमा पक्राउ परेको समाचार सम्प्रेषण गरेका छन् । तर, भारतीय र नेपाल प्रहरीले यसबारे आधिकारिक जानकारी दिएका छैनन् ।

दिनेश झारखण्ड राज्यमा चलाइएको प्रतिबन्धित उग्रवादी संगठन–पिपुल्स लिबरेसन फ्रन्ट अफ इण्डिया पीएलएफआईका प्रमुख हुन् । उनी डेढ दशक देखि भूमिगत थिए । भारत सरकारले उनी विरुद्ध एक सय भन्दा बढी आपराधिक कार्यमा संलग्न भएको आरोपमा मुद्दा दर्ता गरिसकेको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

footer