kumari
stcnepal

आजको मौसम : केही प्रदेशहरूमा चट्याङ सहित बर्षा देखी हावाहुरीको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

मंगलबार पनि देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश का थोरै र मधेस प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

footer