kumari
stcnepal

नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जनालाई प्रतिबाद बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो प्रतिबेदन

काठमाडौँ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो ।प्रहरीले ठगी, राज्य विरुद्धको कसुर, संठित अपराध र एकीकृत कसूर विरुद्धको सजायमा मुद्दा चलाउन राय दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

footer