kumari
stcnepal

सफा हिमाल अभियानका सरदार शेर्पा सहित तिन जनाको निधन

काठमाडौं । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पा सहित तीन आरोहीको निधन भएको छ ।सफा हिमाल अभियान– २०२३ का सरदार समेत रहेको शेर्पाका सोमवार निधन भएको हो । उनी विगत तीन वर्ष देखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए ।

ओखलढुङ्गा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए ।सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमवार निधन भएको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ । उनी सहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरीर पनि परिवारजनलाई बुझाइएको छ ।

footer