kumari
stcnepal

२८औ पटक कामीरिता शेर्पा सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड बनाए

सोलुखुम्बुका कामीरिता शेर्पा २८औं पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । यो सँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औंपटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामीरिताले आफ्नो विश्व रेकर्ड कायमै राख्न २८औं पटक सगरमाथा आरोहण गरेका हुन् । समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले २ दशक भन्दा लामो सयमा विश्वका अग्ला हिमशिखर चढिसकेका छन् । उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो ।

footer