kumari
stcnepal

पूर्वराजा ज्ञानेन्द्र शाहले अत्तरियामा रहेको राजा महेन्द्रको शालिकमा गरे माल्यार्पण

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन्। धनगढीबाट सुर्खेत जाने क्रममा राजा ज्ञानेन्द्रले आज मंगलबार अत्तरिया चोकमा रहेको शालिकमा माल्यार्पण गरेका हुन्।

उनले शालिकमा माल्यार्पण गरेपछि चोकमा लाइनबद्ध आफ्ना समर्थकहरुलाई भेटे भने अत्तरिया चोक परिक्रमा समेत गरेका थिए। सो क्रममा राजाको समर्थमा स्थानीयले चर्को नाराबाजी समेत गरेका थिए। पूर्व राजाको स्वागतमा अत्तरिया चोकमा सयौंको संख्यामा मानिसहरुको भीड लागेको थियो। अत्तरिया चोकमा २०६२/०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुनः निर्माण गरेर एक वर्ष अगाडि अनावरण गरिएको थियो।

पूर्वराजा शाहलाई सोमबार धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो। सडक मार्ग हुँदै धनगढी आएका शाह आज सुर्खेत तिर लागेका छन्।

footer