kumari
stcnepal

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भोली १३ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा नागरिक अभिनन्दन गरिने

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीमा अभिनन्दन गरिने भएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा उनी आउँदैछन् ।

भोलि दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए । शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने छन् ।

पूर्वराजाको स्वागतका लागि सुर्खेत विमानस्थल देखि कार्यक्रमस्थल सम्म नेपालको झण्डा, ज्ञानेन्द्रको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।

footer