kumari
stcnepal

राष्ट्रपतिबाट रेशम चौधरी सहित ४८२ कैदीलाई आममाफी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाल चौधरी सहित १९ जना कैदीबन्दीको सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले चौधरीसहित १९ कैदीको बाँकी सजाय माफी दिने निर्णय गरेपश्चा सरकारले राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको थियो । साेही सिफारिस बमाेजिम कैद मिनाह गरिएकाे हाे ।

‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालत बाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ’ राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरी कैलालीको टिकापुरमा २०७२ भदौ ७ मा भएको नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टर केशव बोहरा सहित ७ प्रहरी र एक् नाबालककोा ज्यान गरी भएको घटनामा चौधरी डिल्लीबजार जेलमा जन्मकैदको सजाय काटिरहेका थिए । सरकारले गणतन्त्र दिवसको अवसरमा उनीहरुको बाँकी कैदसाजय माफी दिइएको हो । चौधरीलाई माफी दिन नहुने भन्दै पीडित इन्स्पेक्टर बोहरीकी पत्नी शारदाले आजै मात्र सर्वोच्च अदालतमा मुद्दा हालेकी छिन् ।

footer