kumari
stcnepal

सांसदहरूले पाएनन् दसैं–भत्ता उनीहरु रुष्ट

 

काठमाडौँ । संसद सचिवालयले यसपालिको दसैं खर्च बिना नै उनीहरूको खातामा असोज महिनाको तलब भत्ता हालिदिएको छ ।
गतवर्ष तलब भत्तासँगै चाडवाड खर्च सचिवालयले सांसदहरूको खातामा हालिदिएको थियो ।

तर कोरोना महामारीलाई कारण देखाउँदै सांसद र दलहरूले दसैं भत्ता फिर्ता गरेका थिए । संघीय संसदका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले सांसदहरूलाई खातामा असोजको तलब पठाइएको बताए । संघीय संसदको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसदको तलब सुविधाको व्यवस्था गरिएको छ ।

तर सांसदहरूलाई तलब दिने उक्त ऐनले चाडवाड खर्च दिने प्रावधान गरेको छैन ।
अहिलेका अर्थमन्त्री जनार्दन शर्माले ’दसैंभत्ता दिनुभन्दा भेन्टिलेटर किनौं’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यतिबेला दसैं–भत्ता फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

सांसदहरूलाई तलब भत्ता दिन मन्त्रिपरिषदको निर्णय आवश्यक हुन्छ । ’मन्त्रिपरिषदबाट निर्णय भएर आए सासदले सुविधा दिने हो ।

footer