kumari
stcnepal

फेरि गाईकाण्ड, गाई काट्न पाउनुपर्छ

 

काठमाडौं । संविधानमा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको छ । यो थाहा पाउँदा पाउँदै इसाई संगठनहरुले जनजातिहरुलाई सडकमा उतारेर ‘गाई काटेर खानु हाम्रो अधिकार हो, अपराध होइन’ भन्ने प्रदर्शन गर्न थालेका छन् । यो प्रदर्शन भनेको हिन्दुत्वलाई सफाया गर्ने र जातीय दङ्गा फैलाएर अराजकता सिर्जना गर्ने साजिसका रुपमा बुझ्न थालिएको छ ।

प्रदर्शनकारीहरुले नारा लगाएका छन्– हाम्रा बाजे बराजुले खाए, हामीले पनि गाई काट्न र खान पाउनुपर्छ । विभेदकारी कानुन खारेजी संघर्ष समितिले धर्मनिरपेक्षताका नाममा विभेद लादेको भन्दै सडक तताउन थालेका छन । संघर्ष समितिले माइतिघरमा ‘आमा मान्नेले दुध मात्रै खालान्, हामी गाईको मासु पनि खान्छौँ’ यस्ता प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन सुरु भएको छ ।

सरकार ‘गाई काट्यो भन्दैमा जेल हाल्छ, गोरु काट्यो भन्दैमा जेल हाल्छ, जतीय विभेद उही गर्छ तर सदभाव हामीले विगा¥र्यौँ भन्छ’ । यस्तो प्रदर्शन अरु बढ्ने देखिन्छ । बिस्तारै राजनीतिक अराजकता बढेर हिंसात्मक हुने खतरा देखिन्छ ।

footer