kumari
stcnepal

एक दिवसीय विश्वकप : उपाधिका लागि आज भारत र अस्ट्रेलिया बिच प्रतिस्पर्धा हुँदै

अहमदाबाद । एक दिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया बिच प्रतिस्पर्धा हुँदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ।

विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो । सन् २००३ को विश्वकपमा अस्ट्रेलियाले नै भारतलाई पराजित गरेको थियो। त्यस बेला अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो। यसपटक भारतलाई २००३ को बदला लिने अवसर जुरेको छ भने अस्ट्रेलियालाई इतिहास दोहोर्‍याउने ।

यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् । यसका साथै लिग चरणमा १० वटै टोली बिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भए बापत ४० हजार डलर प्रदान गरिने छ ।

footer