kumari
stcnepal

क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दियो

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३२ रन बनाएको हो ।

क्यानडालाई मध्यम योगफलमा समेटन नेपाली टोलीका बलर हेमन्त धामीले आफ्नो ‘डेब्यू’ खेलमै तीन विकेट लिए । उनले आठ ओभरमा ४९ रन खर्चिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । ललित राजवंशी र आकाश चन्दले पनि एक-एक विकेट लिए । क्यानडाका लागि ओपनर ब्याट्सम्यान नवनित धालिवालले अर्धशतक बनाए । निखिल दत्तले पनि ४५ रनको योगदान गरे । कप्तान साद बिन जाफरले अविजित ३१ रन जोडे । उनले केवल १५ बलमा दुई छक्का र तीन चौका हिर्काए । साहिद अहमदजाई पाँच रनमा अविजित रहे । क्यानडाले अतिरिक्त रुपमा १४ रन पायो ।

footer