kumari
stcnepal

माधव नेपालको राजनीतिक जीवन नै संकटमा

 

पछिल्लो राजनीतिक घटनाक्रममा खासै तरङ्ग उत्पन्न नभएपनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रमुख विपक्षी दल नेपाली कांग्रेससँगको वार्तामा सरिक भएपछि सत्ता गठबन्धनमा तरङ्ग उत्पन्न भएको छ । सत्तामा सहभागि भएको पार्टी विपक्षी दलको गठबन्धनको बैठकमा सहभागि भएपछि सत्ता गठबन्धनमा तरङ्ग उत्पन्न भएको हो । जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा बनेको र सो विभाजनलाई सर्बोच्च अदालतले बदर गरिदिएको खण्डमा बैकल्पिक गठबन्धन बन्न सक्ने सम्भावना जिवित्तै रहेकाले गर्दा माधव नेपाल सत्तामा संलग्न भएपनि विपक्षी गठबन्धनको बैठकमा सहभागि भएका हुन्् । नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनलाई भत्काएर आफ्नै नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनाउने प्रयास जारी राखेको छ । माधव नेपालले वर्तमान सत्ता गठबन्धनका प्रमुख दलहरु नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो पार्टीलाई पेलेको र महत्वपूर्ण निर्णय गर्दा आफूलाई वेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।
रास्वपाका सभापति एवं उपप्रधान सहित गृहमन्त्री रहेका रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका हुनाले उनीमाथि संसदीय छानविन समिति गठन हुनुपर्ने माग कांग्रेसले गर्दै आएको थियो । कांग्रेसले लामिछानेको नामै किटेर संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्दै आएको भएपनि अन्तिम समयमा उसले लामिछानेको नाम किटान नगरि उनी संलग्न रहेका सहकारीहरुको नाम उल्लेख गर्न सहमति जनाएकोले समिति समेत गठन भै कार्य समेत गर्न थालेको छ । यसरी लामिछानेका नाम नराखिकन समिति गठन गर्न सहमति भएको कांग्रेसले भविष्यमा नयाँ सत्ता गठबन्धन बनाउन रास्वपाले समर्थन गन सक्ने आंकलन गरेरै लामिछानेप्रति नरम व्यवहार देखाएको राजनीतिक क्षेत्रमा चर्चा चलेको छ ।
कांग्रेसले नयाँ गठबन्धन बनाउँदा कांग्रेसका ८८, रास्वपाका २१, राप्रपाका १४, जनमतका ६, जसपा नेपालका ५, लोसपा र नागरिक उन्मुक्तिका ४÷४ गरी जम्मा १४२ को संख्या हुने भएकोले र त्यसमा माधव नेपालको पार्टी एकीकृत समाजवादी १० थपिँदा १ सय ५२ को संख्या पुग्ने भएकाले गर्दा लामिछान प्रति कांग्रेस नरम भएको हुन सक्छ । तर अहिलेकै अवस्थामा नयाँ सत्ता गठबन्धनको पक्षमा लागेको भन्दै पार्टी भित्र नेपालको विरोध हुँदै आएको छ भने माधव नेपाललाई भने आफ्नो पार्टीपनि जसपा नेपाल जस्तै विभाजन हुने डरले गर्दा उनी कहिले कांग्रेस र कहिले सत्ता गठबन्धननमा नै कुदिरहेको छ । सर्बोच्च अदालतले जसपा नेपालको विभाजनलाई बदर गरि दिएको खण्डमा माधव नेपालले सरकार छोडेर विपक्षी गठबन्धनमा जान सक्ने सम्भावना भएकाले गर्दा सत्ताधारी दल नेकपा एमाले र माओवादी केन्द्रले जनमत र नागरिक उन्मुक्ति पार्टीलाई संघीय सरकारमा संलग्न गराउन सक्ने सम्भावना बढेको छ ।
अहिलेको सत्ता गठबन्धनमा नेकपा एमालेको ७६, माओवादी केन्द्रको ३२, रास्वपाका २१, जसपाका ७ गरी १ सय ३६ को संख्या पुग्ने र जनमत र नागरिक उन्मुक्तिलाई सरकारमा सहभागि गराइए उनीहरुका ४÷४ गरी ८ को समर्थनमा सरकार टिकाई राख्ने रणनीतिमा केपी ओली र प्रधानमन्त्री दाहाल रहेकाले गर्दा माधव नेपाललाई छटपटी बढेको छ । आफूँ बेगरै संघीय सरकारमा बहुमत पुग्ने भएपछि आफ्नो वार्गेनिङ्ग पावर घटेको भएपनि मधेश प्रदेश, बागमति प्रदेश र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णयक रहेकाले गर्दा आफूलाई वेवास्ता नगर्न उनले नेकपा एमाले र माओवादी केन्द्रलाई धम्की दिँदै आएका छन् । आफूलाई पनि संसदको यहि कार्यकालमा कम्तिमा ६ महिना भएपनि प्रधानमन्त्री बनाउनुपर्ने उनको अडान रहेको र सो अडानलाई कांग्रेसले समर्थन गरेको हुनाले उनी कुनैपनि बेला सरकार छोडेर कांग्रेसको गठबन्धनमा पुग्न सक्ने सम्भावना भएपनि अहिलेकै अवस्थामा कांग्रेसले नयाँ गठबन्धन बनाउन सम्भावना न्यून जस्तै देखिएको छ ।
माधव नेपालले आफू प्रधानमन्त्री बन्न चाहनुको एउटै उदेश्य हो ललिता निवास जग्गा काण्डमा उनी सरकारी साक्षी बनेका र अदालतले निर्णयकर्तालाई मुद्दा नचलाईएको हुनाले मन्त्रीहरुलाई तत्कालै सफाई दिएको भन्ने निर्णय गरेकोले त्यो फाइल मिलाउन पनि उनी प्रधानमन्त्री बन्नुपर्ने अडान लिएको हामीले ठानेको छौँ ।

footer