kumari
stcnepal

टी–२० विश्वकप : दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हरायो

न्युयोर्क । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा जारी राखेको छ । सोमबार समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले हराएको हो । नासाउ काउन्टी मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ मात्र बनाउन सक्यो ।

३ खेलमा ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेशले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । टोली २ अङ्कसहित दोस्रो स्थानमा छ । बंगलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ३७ रन बनाए । ३४ बलमा उनले २ चौका र २ छक्का प्रहार गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो ।

 

footer