kumari
stcnepal

सहकारी ठगेर विदेश भागेका १८ जनाको नाम गृहमन्त्रीलाई बुझायो छानबिन समितिले

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगेर विदेशतिर भागेकालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगाएत संग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलब्ध गराएको र उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

footer