kumari
stcnepal

आज भारत बन्दको आव्हान, बेलुका ८ बजे सम्म घर बाट बाहिर ननिस्कन आग्रह

काठमाडौं । एससी/एसटी आरक्षणमा कोटाको निर्णयको विरोधमा आरक्षण बचाओ संघर्ष समितिले भारत बन्दको घोषणा गरेको छ । एससी/एसटी आरक्षणमा सर्वोच्च अदालतको हालैको फैसलाको विरोधमा यो भारत बन्द आह्वान गरिएको हो ।

बहुजन समाज पार्टी, एनडीए सहयोगी चिराग पासवान, महाराष्ट्र नेता प्रकाश अम्बेडकर, राजस्थानका समाजसेवी संस्थाहरूले विशेष गरी भारत बन्दको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दको समयमा आपतकालीन सेवाहरूलाई छुट दिइएको छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।

यसैबीच, भारत बन्दलाई ध्यानमा राख्दै राजस्थानका सरकारी र निजी विद्यालयमा बिदा दिइएको छ । प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो ।

footer