kumari
stcnepal

पारा ओलम्पिकमा पलेशाले जितिन् काश्य पदक

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । उनले पेरिस स्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधा अन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।

पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन् । पलेशा नेपालका लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

footer