kumari
stcnepal

मुख्यसचिव नियुक्ति प्रति असन्तुष्टी जनाउँदै सचिव भटराईले पनि दिए राजिनामा

काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिनुभएको छ ।

उहाँले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिनुभएको हो । यसअघि पहिलो वरियतामा रहनुभएका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिनुभएको थियो ।

 

footer