kumari
stcnepal

सामसङको ग्यालेक्सी ए ०६ नेपाली बजारमा आउँदै कति पर्दछ मूल्य ?

काठमाडौं। सामसङको ए–श्रृङ्खलाको अर्को रोमाञ्चक एडिसन ग्यालेक्सी ए०६ नेपाली बजारमा आउने भएको छ । यही भदौ २३ गतेदेखि ग्यालेक्सी ए०६ नेपाली बजारमा आउन लागेको हो ।

सामसङको एन्ट्री लेभल लाइनअपमा पछिल्लो एडिसनका रूपमा ग्यालेक्सी ए०६ ले नेपाली प्रयोगकर्ताहरूका लागि बेस्ट अनुभूति दिने कम्पनीको विश्वास छ ।ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ । जुन हातमा आरामसँग फिट हुन्छ र यो सुरक्षित पकडका लागि पनि उपयुक्त छ । यसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर छ, जसले स्पष्ट र डिटेल भएको फोटोहरू खिच्नुका साथै उत्कृष्ट सेल्फीको लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । फोनमा ६.७ को एचडी+पिएलएस एलसीडी स्क्रिन छ र यसले माइक्रो एसडीमार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ ।

ग्यालेक्सी ए०६ मिडिया टेक हेलियो जि८५ प्रोसेसरद्वारा संचालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । ५ हजार एमएएच ब्याट्री र २५ वाट तीव्र चार्जिङ समर्थनको साथ यसले लामो पावर प्रदान गर्दछ ।ग्यालेक्सी ए०६ मा अब सामसङ नक्स भउल्ट अर्थात इएएलएस+ प्रमाणित विशेषता छ, जुन अघिल्लो मोडलहरूको दाँजोमा मुख्य अपग्रेड हो । नक्स भउल्टले हार्डवेयर अट्याकहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्दछ र प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर–प्रतिरोधी हार्डवेयरमा सम्पूर्ण सुरक्षा सुनिश्चित गर्दछ । नयाँ साइड फिंगरप्रिन्ट सेन्सरको साथ अब यसमा सुविधाजनक प्रमाणीकरण सरल हुनाको साथै यसको नवीनतम ओएस र सुरक्षा अपडेट्सहरूले डिभाइस नयाँ र सुरक्षित रहने सुनिश्चित गर्दछ ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध, ग्यालेक्सी ए०६ को ४/६४ जिबी भेरियन्टको १५ हजार ४९९ रुपैयाँ, ४/१२८ जिबी भेरियन्टको १७ हजार ४९९ रुपैयाँ र ६/१२८ जिबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यी फोनको खरिदमा २५ वाट सामसङ एडप्टर निःशुल्क पाइने पनि कम्पनीले जनाएको छ । उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा नयाँ ग्यालेक्सी ए०६ सजिलैसँग प्राप्त गर्न सक्नेछन् । इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

footer