गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहकारी ठगी प्रकरणलाई राजनीतिक रङ्ग नदेऊ

1.37K
shares

 

खातामा रकम आएको थाहा नभएका व्यक्तिले खर्च कसरी गरे त ?
काठमाडौ । संघीय संसदको दुई ठुला अर्थात पहिलो र दोस्रो ठुलो दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण पश्चात् जनताले केही आशा र विश्वास गरेका थिए । गत असार १७ गते ७ बुँदे सहमति गरेर उनीहरुले सरकार निर्माण गर्ने सहमति भएको थियो । अहिले सरकारमा सहभागि भएको संसदको पहिलो दल नेपाली कांग्रेसका केही नेताहरु नै सरकारको विरोधमा खनिन थालेका छन् । खास गरेर नेपाली कांग्रेसभित्र रहेको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीचमै केही विवाद उत्पन्न भएको छ ।
तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकार रहेका बेला कांग्रैसको संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले नै कांग्रेस–एमाले मिलेर सरकार निर्माण गर्नुपर्ने बताउँदै आएका थिए । सरकार निर्माण भएको एक सय दिन नपुग्दै तिनै कोइराला सरकार विरुद्ध लागि परेका छन् । संस्थापन इतर पक्षका कांग्रेसका निर्वाचित उपसभापति धनराज गुरुङ सहकारी ठगीमा मुछिएका हुनाले कोइरालाले सरकारको विरोध गरिरहेको संस्थापन पक्षका नेताहरुले बताउँदै आएका छन् ।
सहकारी ठगी प्रकरणमा संघीय संसदमा रहेका दलहरु नेपाली कांग्रेस, रास्वपा र राप्रपाका सांसदहरु समेत मुछिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने समेत मुछिएका हुनाले निज लामिछानेले आफूलाई जबरजस्ती सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको भन्दै संसदको प्रमुख विपक्षी दल माओवादी केन्द्रको साथ खोजिरहेका छन् ।
गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीहरुको रकम ल्याएको विषयमा संसदीय छानविन समितिले लामिछाने सहितको गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीवी), प्रबन्ध निर्देशक रवि लामिछाने, उपाध्यक्ष छविलाल जोशी र सञ्चालक कुमार रम्तेलमाथि अनुसन्धान हुनुपर्ने प्रतिवेदन संसदलाई बुझाएको र संसदले सो प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई बुझाएकोमा मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गरेर मन्त्रिपरिषद्ले सो प्रतिवेदन सम्बन्धित मन्त्रालयहरुमा पठाईसकेको छ । गृह मन्त्रालयले आवश्यक कार्य गर्न भन्दै सो प्रतिवेदन नेपाल प्रहरीलाई पठाएको छ । सोही प्रतिवेनका आधारमा प्रहरीले छविलाल जोशीलाई पक्राउ गरी पोखरा पु¥याएको र जिल्ला अदालतको आदेशमा उनलाई प्रहरीले हिरासतमा राखेर बयान लिइरहेको छ ।
निज जोशीले प्रहरीलाई दिएको बयानमा जीवीले सहकारीबाट रकम ल्याएको र सो रकम प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर खर्च गरेका हुनाले त्यसको जिम्मेवारी लामिछानेले लिनुपर्ने बयान दिएका छन् ।
गोर्खा मिडियाको उपाध्यक्ष रहेका जोशीले प्रहरीलाई दिएको बयानमा छोटो समयमै आफूले गोर्खा मिडिया छाडेको भन्दै पोखाराका सूर्यदर्शन सहकारीको बचत रकम अपचलन भएको स्वीकार गरेका भएपनि रकम खर्च गर्ने रवि नै भएको स्वीकार गरेका छन् । गोर्खा मिडियामा कसरी रकम आयो ? त्यो आफूलाई थाहा नभएपनि रकम आफूले खर्च गरेको स्वीकार लामिछानेले गरेका भएपनि अहिले उनले आफूलाई राजनीतिक रुपमा फसाउन खोजेको भन्दै आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रतिवाद गर्न निर्देशन समेत दिएका छन् । पूर्व उपप्रधान सहित गृहमन्त्री समेत रहिसकेका व्यक्तिको कानुनको सम्मान गर्दै कानुनको पालना गर्नुको बदला आफूलाई रकम आएको केही थाहा नभएको र आफूले खर्च गरेको बताउनु जालझेल बाहेक अन्य केही हुन सक्दैन ।
रविले टिभी चलाउने रकम कहाँबाट आयो भनेर नकराउनु होला भन्दै यो रकम उद्यम व्यवसाय गरेर सरकारलाई कर तिरेर आएको रकम हो भन्ने गरेका भएपनि त्यो रकम पोखरा, विरगञ्ज, चितवन, बुटवल र काठमाडौका सहकारीबाटै लगेको प्रष्ट भएको छ । सहकारीहरुबाट गोर्खा मिडियाको नामा ६५ करोड ५४ लाख रुपैँया लगेको संसदीय छानविन समितिको प्रवितेदनमा उल्लेख गरिएको छ ।
सो ६५ करोड ५४ लाख रुपैँया रविले नै चेक काटेर खर्च गरेको प्रष्ट भइसकेको अवस्थामा रकम कहाँबाट आयो आफूलाई थाहा नभएको भन्नु अर्को हास्यास्पद कुरा बाहेक अन्य केही हुन सक्दैन । नाम, ठेगना, हस्ताक्षर गरेर बैँकमा खाता खोल्ने तर उक्त खातामा आएको रकम खर्च गरेर जिम्मेवारी नलिने भन्ने रविको उत्तरले रास्वपाका नेता र कार्यकर्तालाई भ्रममा राख्ने रणनीति बाहेक अन्य केही हुन सक्दैन ।
सहकारी ठगी प्रकरणलाई राजनीतिकरण गर्नु अर्को अपराध हो । जनताले आफ्नो छाक कटाएर सहकारीमा जम्मा गरेको बचत रकम सिधै लुट्ने व्यक्तिहरुलाई राजनीतिकरण गरेर कुनै सर्तमा पनि छुट दिनु हुँदैन । जनताले आफूले बचत गरेको रकम फिर्ता पाउनै पर्दछ । सहकारी ठगी गर्नेहरुलाई कानुनी दायरामा ल्याउनैपर्दछ । जोसुकै र जुनसुकै पदमा रहेका व्यक्तिहरु पनि सहकारी ठगीमा संलग्न भएका भए उनीहरुको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता गरिनु न्यायसंगत हुनेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports