kumari
stcnepal

नर्थ क्यारोलिनमा ट्रम्प अगाडि, पछिपछि कमला

वासिङ्टन डीसी । अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको प्रारम्भिक रुझान अनुसार नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अगाडि देखिएका छन् ।

अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा ट्रम्पले कमलालाई उछिनेका छन् । २६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् । साउथ क्यारोलिनामा पनि ट्रम्पकै अग्रता छ । ताजा मत परिणामअनुसार समग्रमा ट्रम्प अगाडि छन् । ट्रम्पले १६२ इलेक्टोरल भोट ल्याउँदा ह्यारिसको पोल्टामा ३४ भोट मात्रै छ ।

footer