काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको हो।ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ।
बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार वृक्षारोपण गर्ने जनाएको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपी उक्त अभियानको शुभारम्भ गरेका हुन्।
उक्त कार्यक्रममा रेग्मीले वृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरू रोप्ने गर्ने जानकारी दिए।