kumari
stcnepal

यसकारण दाहाल रवि र माधवको पक्षमा

 

नेपालका राजनीतिक दलहरु त्यसमा पनि ठुला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र रास्वपा एकले अर्कोलाई गालीको वर्षा गर्न लागि परेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गालीको वर्षा बर्षाउँदै अघि बढेका छन् । तीन पटकसम्म मुलुकको प्रधानमन्त्री रहिसकेको व्यक्तिले प्रधानमन्त्रीमाथि गालीको बर्षा बर्साउनुको एउटै कारण हो सत्ता गुमाउँदाको पिडा । नेकपा एमाले र माओवादी केन्द्रबीचमा समेत गठबन्धन भएर सरकार निर्माण भएको थियो तर, सो सरकारलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले बचाउन सकेन । त्यो पनि उनैको कारणले ।
सत्ता गठबन्धनमा रहेको एउटा दललाई गाली गरेर अर्को दलको तारिफ गर्नु सत्ता गठबन्धन टुटाउने दाहालको प्रयास निकै पहिला देखि नै सुरु भएको भएपनि अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार अझ मजबुद बन्दै गएको छ । पूर्व प्रधानमन्त्री रहिसकेका व्यक्तिले नै नेपालमा केही हुन सक्दैन, केही हुँदैन भन्ने भाष्य खडा गरेर नेपाली जनतालाई भडई रहेका छन् । राजनीतिक परिवर्तनपछि पक्कै पनि सबै क्षेत्रमा केही सुधार भएको छ । तर प्रर्याप्त सुधार हुन सकेको छैन, पुष्पकमल दाहाल नै प्रधानमन्त्री रहेका बेला उनले प्रत्येक दिन दिने भाषणमा नेपालमा सबै क्षेत्रमा उल्लेख्य सुधार भएको अभिव्यक्ति दिने गरेका थिए तर जब उनी सत्ता विमुख भए अनि जनतालाई भड्काएर आफ्ना स्वार्थ पूरा गर्न लागि परेका छन् ।
पुराना भनिने राजनीतिक दलहरु कांग्रेस, एमाले, माओवादी सहितले जनताका समस्याहरु समाधान गर्न नसकेको विधि, विधान अनुसार राज्य सञ्चालन नगरेको न्याय क्षेत्रमा विकृत्ति बढेको भन्दै गठन भएको रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा पक्राउ परेपछि उनलाई बचाउन पुष्पकमल दाहाल ज्यानै छाडेर लागेका छन् । दाहाल अहिले देखि नै २०८४ मा हुने निर्वाचनमा रवि र माधव नेपालको सहयोगमा आफ्नो पार्टीलाई सबैभन्दा ठुलो पार्टी बनाउने रणनीतिक उदेश्यका साथ रविलाई सरकारले अन्याय गरेको बताउँदै आएका छन् । दाहाल नै प्रधानमन्त्री रहेका बेला रविका बारेमा प्रहरीमा उजुरी परेको थियो । त्यसबेला रवि नै गृहमन्त्री रहेकाले प्रधानमन्त्री दाहाल र रवि मिलेर नेपाल प्रहरीको चरम दुरुपयोग गर्दै प्रहरी महानिरीक्षकलाई संसदमा बोलाएर रविका बारेमा कहिँ कतै उजुरी नपरेको जानकारी महानिरीक्षकले दिलाउन लगाएका थिए भने त्यसबेलाका महान्यायाधिवक्ता दिनमणि पोखरेलले समेत रविका विरुद्ध कहिँ कतै उजुरी नपरेका पत्र नै पठाएर संसदलाई रणभुल्लमा राखेका थिए । यी सबै कार्य प्रधानमन्त्री दाहाल कै अग्रसरतामा भएको सत्यता खुलेको हुनाले अहिले दाहाल कतै आफूमाथि पनि केही आरोप लाग्छ कि भन्ने डरले प्रधानमन्त्री ओलीमाथि आरोपको वर्षा लगाउन लागि परेका छन् । अन्यायको विराध गर्दा सत्यलाई कदापि लुकाउन पाइँदैन । तर अहिले सत्यमाथि नै धावा बोलिँदैछ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले ललिता निवास जग्गा काण्डमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने निर्णय दाहाल सरकारले गरेको थियो सो निर्णय ओली सरकारले उल्टाईदिने डरले गर्दा दाहाल ओलीमाथि आरोपको बर्षा बसाईरहेका आभाष पाउन थालिएको छ । माधव कुमार नेपालकै नेतृत्वको सरकारले हदबन्दी भन्दा बढीको काभ्रेको ९ सय १५ रोपनी जग्गा रामदेवको पतञ्जलीलाई विक्रि गर्ने निर्णय गरेको थियो । हदबन्दी भन्दा बढीको जग्गा विक्रि गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले समेत गर्न सक्ने कुनै कानुनी व्यवस्था रहेको छैन ।
पहिला पतञ्जलीलाई विक्रि गर्ने निर्णय गर्ने अनि त्यसको दुई महिना नपुग्दै पतञ्जलीले खरिद गरेको जग्गा विक्रि गर्न दिने निर्णय समेत माधव नेपाल नेतृत्वकै सरकारले २०६६ माघ र चैत्रमा गरेको थियो । अहिले त्यो विषय समेत उठेका हुनाले माधव नेपाललाई बचाउन दाहाल लागि परेका छन् । माधव नेपाल तिनै व्यक्ति हुन् ललिता निवासको सरकारी जग्गामा मोही खडा गरी मोहीलाई जग्गा दिने निर्णय गराउने व्यक्ति अनि बाबुराम भट्टराईले नक्कली टिकिन्छा गुठी खडा गरेर मोहीलाई जग्गा दिलाउने निर्णय गरेकोमा त्यसको फाइदा दाहालले त्यही केशलाई लिएर उठाइरहेका छन् । केपी ओली नेतृत्वको सरकारले भने झापाको गिरीबन्ध टी–स्टेटको जग्गा सट्टाभर्ना गर्न सक्ने निर्णय गरेको भएपनि सो विषय अदालतमा पुगेकाले यी सबै विषयमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्छ भन्ने हामीले ठहर गरेका छौँ ।

footer