काठमाडौँ – नेपाल बार एशोसिएसनले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गरेको छ।
शनिबार बसेको बारको कार्यसमिति बैठकले खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो।परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो। रिक्त सदस्य पदमा खड्का सिफारिस भएका हुन्। उनी डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) निकट हुन्।
पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्छन् भने सदस्यहरुमा वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसियसनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् सदस्य रहने व्यवस्था छ।