काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
शनिवार ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अध्यक्ष थापा र उनका पार्टीका नेता कार्यकर्ताले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका हुन्।साेही समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा अन्य नेता कार्यकर्ता पनि शाहको सालिकमा माल्यार्पण गर्न पुगेका थिए।
पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।विसं १७९९ चैत २५ गते उनी राजा भएका थिए।